Skip to content

अख्तियारले अर्थ मन्त्रालयलाई पठाएको गोप्य पत्र, सेबोनमा सञ्चालक रहेका अर्थका प्रतिनिधि बैठकमा किन मौन ? (पत्रसहित)

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारी ४१औं दिनदेखि आन्दोलनमा छन् ।

अर्थ मन्त्रालयले गरेको निर्णयविरुद्ध ४१ दिनदेखि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । असोज १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हवला दिँदै राजस्व सचिवले लेखेको पत्रका कारण बोर्डमा कर्मचारी आन्दोलित बनेका हुन् ।

सचिवले बोर्डलाई पत्र पठाउनु अघि अख्तियारले ८ पानाकोे अति गोप्य पत्र मन्त्रालयमा पठाएको छ । त्यो पत्रमा धितोपत्र बोर्डको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव पनि प्रतिनिधि हुने र बोर्डले गरेको निर्णयमा मन्त्रालयका प्रतिनिधि मौन बसेको विषयलाई उठाइएको छ ।

अख्तियारले नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ बमोजिम कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष स्थापना तथा सञ्चालन गर्दा अनियमितता भएको भन्ने ब्यहोराको उजुरी परेको जनाएको छ ।

त्यसको अनुसन्धानको क्रममा उक्त कार्यविधिहरु निर्माण गर्दा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६, बोनस ऐन, २०३० को दफा १३, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली २०६८ को नियम १६७ मा उल्लेख भएका कानुनी व्यवस्था विपरीतको भएको जनाएको छ ।

उक्त कोषहरु स्थापना तथा सञ्चालन गर्ने कार्यबिधिहरु जारी गर्नुपूर्व अर्थ मन्त्रालयको सहमति लिएको नपाइएको र मन्त्रालयको छानबिन प्रतिवेदनमा समेत नेपाल धितोपत्र बोर्डबाट राज्यकोषबाट दीर्घकालीन दायित्व सृजना हुने गरी कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष जस्ता कोषहरुको व्यवस्था अर्थ मन्त्रालयको सहमति बेगर बोर्डको निर्णयबाट गरेको जनाएको छ ।

बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव बोर्डको सञ्चालक समिति सदस्य हुने गरेका छन् । ‘बोर्डको सञ्चालक समितिको सदस्यमा मन्त्रालयको समेत प्रतिनिधित्व रहने गरेको तर प्रतिनिधित्व गर्ने पदाधिकारी यस विषयमा मौन बसेको देखिन्छ’ पत्रमा भनिएको छ ‘यसरी धितोपत्र बोर्डबाट कानून विपरित कोष सञ्चालन गर्दा पनि नियमनकारी निकाय अर्थ मन्त्रालयबाट केही कारबाही भएको देखिँदैन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi