Skip to content

सर्को तानेको बेलामा केही नबोल्न र नलेख्न शिक्षामन्त्री पुनको आग्रह

nabil bank

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले सर्को तानेको बेलामा केही, कसैलाई पनि नबोल्न र नलेख्न अनुरोधका छन् ।

उनले आन बिहानै सामाजिक सञ्जल एक्स मार्फत यस्तो आग्रह गरेका हुन् ।

उनले एक्समा लेखेका छन् ‘केही केही आशा लाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’

यता आजै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मध्यराति सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक शब्द लेखेका छन् ।

शनिबार मध्यराति उनले सामाजिक सञ्जालमा आपत्तिजनक शब्दसहित गाली गरेका छन् ।

उनले राति नै हटाएको पोष्टमा भारत, चीन, अमेरिकालाई अश्लिल शब्दमा गाली गरेका छन् । यस्तै कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई पनि गाली गरेका छन् । उनको गालीको अहिले चर्को आलोचना भएको छ । मन्त्री पुनले समेत घुमाउरो शैलीमा उनको आलोचना गरेका छन् ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime