Skip to content

सामाजिक सुरक्षा कोषमा हालसम्म ९४ अर्ब

nabil bank

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको रकम योगदानकर्तालाई भुक्तानीसमेत गरेको छ ।

कोषमा कुल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहलसमेत गरिरहेको जनाएको छ ।

कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम २ अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime