काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । आज आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्