Skip to content

प्रधानमन्त्री सुशीला कार्कीलाई एक्लै भेट्न गएपछि महासंघ अध्यक्ष ढकालसँग पदाधिकारी तथा व्यवसायी असन्तुष्ट

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका समस्याबारे प्रत्यक्ष बुझ्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई एक्लै भेट्न बोलाएकी छिन् । सामान्यतया महासंघका पदाधिकारी तथा केही पूर्वअध्यक्षहरूको उपस्थितिमा हुने भेटवार्ता यसपटक अपवाद बनेको छ ।

प्रधानमन्त्रीसँग एक्लै भेट्ने तयारी भइरहेको खबर सार्वजनिक भएपछि महासंघभित्र र व्यवसायी समुदायमा असन्तुष्टि देखिएको छ । एकपदाधिकारीले भने, “एक्लै अध्यक्षले भेट्दा निजी क्षेत्रका सबै समस्या समाधान हुने होइन, यस्तो एक्लोपनको निर्णय राम्रो होइन।”

जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा निजी क्षेत्र सरकारप्रति विश्वास निर्माण गर्न नसकेको आरोप पनि उठ्दै आएको छ । आन्दोलनका क्रममा उद्योगी व्यवसायीका प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोडबारे अहिलेसम्म कारबाही नहुँदा असन्तोष बढेको छ ।

त्यसमाथि, पुरानो ट्रंकलाइन र डेडिकेटेट लाइनको विवादले करिब दुई दर्जन उद्योगमा विद्युत् प्राधिकरणले बिजुली काटेपछि अवस्था झनै जटिल बनेको छ । उद्योगी र प्राधिकरणबीच आपसी समझदारी नहुँदा उत्पादन घट्दै श्रमिकहरू रोजगारी गुमाउने अवस्थामा पुगेका छन् ।

निजी क्षेत्रले अब प्रधानमन्त्रीसँगको यो एक्लो भेटले समस्याको समाधानभन्दा पनि भ्रम र विभाजन थप्ने चिन्ता व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime