काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव सर्वोच्च अदालत सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् ।
शाक्यले आफूलाई सरुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । शाक्यले आज उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारले शाक्यलाई आगामी चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले उनको सरुवा गरेको छ । सरकारले शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोग सचिवालयमा विशिष्ट श्रेणीको ऊर्जा विशेषमा सरुवा गरेको छ ।






प्रतिक्रिया दिनुहोस्