Skip to content

आरएसडिसी लघुवित्तको नाफा १९.१२ प्रतिशत घट्यो, अन्य सूचक कस्ता छन् ?

nabil bank

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको वित्तीय विवरण अनुसार खुद नाफामा कमि आएको छ । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशत घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

एक वर्षको अवधिमा यस संस्थाको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेको छ । सो कारण कम्पनीको नाफा पनि घटेको हो । चालु आवको पहिलो त्रैसासमा यस संस्थाको ब्याज आम्दानी ३०.०४ प्रतिशतले घटेर ४ करोड ४८ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस संस्थाको यस्तो आम्दानी ६ करोड ४० लाख ८१ हजार रुपैयाँ थियो ।

यसैगरी, यस अवधिसम्म आउँदा संस्थाको खुद फि तथा कमिशन आम्दानी पनि ४१.२८ प्रतिशत घटेर २० लाख ८७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस कम्पनीको खुद फि तथा कमिशन आम्दानी ३५ ककरोड ५४ लाख रुपैयाँ रहेको थियो ।

चालु आवको पहिलो त्रैमाससम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ८९ पैसा घटेर ८ रुपैयाँ १६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी यस अवधिसम्म आउँदा १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। पहिलो तीन महिनासम्ममा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime