काठमाडौं । सात वर्षदेखि जेलमा रहेका पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ।
श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी गरेको हो।
ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो।






प्रतिक्रिया दिनुहोस्