Skip to content

राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, को कुन विभागमा पुगे?

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै पटक ११ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको छ । राष्ट्र बैंकले १७ जना कार्यकारी निर्देशकमध्ये ११ जनाको विभाग हेरफेर गरेकाे हो ।

बाँकी ६ जनाको विभाग हेरफेर गरिएको छैन ।

राष्ट्र बैंकका अनुसार विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । विदेशी विनिमय व्यवस्थापन विभागमा किरण पण्डितलाई लगिएको छ । उनी भुक्तानी प्रणाली विभागमा थिए ।

भुक्तानी प्रणाली विभागको जिम्मेवारी सत्येन्द्र तिमिल्सिनालाई दिइएको छ । उनी वित्तीय संस्था सुपरिभिजन विभागमा थिए । वित्तीय संस्था सुपरिभिजन विभागको जिम्मेवारी विश्रुत थापाले पाएका छन् । उनी मानव संशाधन विभागमा थिए ।

मानव संशाधन विभागको जिम्मेवारी गुरुप्रसाद पौडेलले पाएका छन् । उनी बैंक तथा वित्तीय संस्था नियमन विभागमा थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागमा रामु पौडेल पुगेका छन् । उनी मुद्रा व्यवस्थापन विभागमा थिए । मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी अनुज दाहालले पाएका छन् ।

उनी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा थिए । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी राजन विक्रम थापाले पाएका छन् । यसअघि उनी गभर्नरको कार्यालयमा थिए ।

गभर्नर कार्यालयको जिम्मेवारीमा दयाराम शर्मा पुगेका छन् । यसअघि उनी मौद्रिक व्यवस्थापन विभागमा थिए । मौद्रिक व्यवस्थापन विभागमा डिल्लीराम पोख्रेललाई लगिएको छ । उनी बैकिङ विभागमा थिए । बैकिङ विभागको जिम्मा रोशनकुमार सिग्देललाई दिइएको छ । उनी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा थिए ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime