Skip to content

निकोलस भुसाल गोरखाबाट पक्राउ

nabil bank

गोरखा । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

भुसाल सोमबार गोरखा आएको र उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime