Skip to content

लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा, पुँजी वृद्धि गर्ने 

nabil bank
काठमाडौं । सिटिजन्स बैंकले १९औं बार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर १२ गतेका लागि सभा बोलाएको हो ।
बैंकले सेयरधनीलाई दिएको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दिएको ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।
यस्तै सभाले बैंकको नियमावली अनुसार समूह ‘क’ का संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद ३  निर्वाचन गर्ने छ ।
बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने, बैंकको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा, बैंकको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभाले लैजाने जनाएको छ ।
 बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले लगिने जनाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime