Skip to content

सन नेपाल लाइफको आईएसओरआईईसी २७००१ः२०२२ प्रमाणपत्र नवीकरण

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यूकेएएसबाट मान्यता प्राप्त एमटीभो लिमिटेड यूकेबाट आईएसओरआईईसी २७००१ः२०२२ को प्रमाणपत्रमा नवीकरण भएको छ ।

कम्पनीले गत महिना गराएको संपरीक्षणमा आफ्नो हरेक सूचनाहरूको सुरक्षा प्रणालीहरूको अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उचित व्यवस्थापन गरेकोले प्रमाणत्र नवीकरण भएको बताइएको छ । यस मानकले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्ने उल्लेख छ ।

कम्पनीले जोखिममा आधारित जीवन बिमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधारमा आईएसओरआईईसी २७००१ः२०२२ संपरीक्षण नवीकरण गरेको हो । नेपालको बिमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओरआईईसी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बिमा कम्पनी हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime