काठमाडौं । सरकारले साढे तीन महिनाभन्दा बढी समयको अवधिमा ५.४४ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।
कात्तिक १९ गतेसम्म सरकारले २२ अर्ब १९ करोड ३० लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । सरकारले चालु आवका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, चालुतर्फ यो अवधिमा २ खर्ब ८९ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालु खर्चतर्फ विनियोजनको २४.४९ प्रतिशत हो । सरकारले चालु आवको बजेटमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
सरकारले कात्तिक १९ गतेसम्म १ खर्ब १७ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । यो खर्च विनियोजन बजेट ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको ३१.३४ प्रतिशत हो ।
सरकारले चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले बजेटको २१.८४ प्रतिशत अर्थात ४ खर्ब २८ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले बजेट विनियोजन गर्दा १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
जसमा लक्ष्यको १८.९८ प्रतिशत अर्थात २ खर्ब ८० अर्ब ८५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कात्तिक १९ गतेसम्म सरकारले कर राजस्वबाट लक्ष्यको १९.८६ प्रतिशत अर्थात २ खर्ब ६३ अर्ब २९ करोढ १९ लाख रुपैयाँ संकलन भएको छ । सरकारले यो शिर्षकमा १३ खर्ब २५ खर्ब ५८ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
गैर कर राजस्वतर्फ लक्ष्यको ११.३७ प्रतिशत अर्थात् १७ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ । सरकारले चालु आवको यो शLर्षकमा १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।
यस्तै सहयोग तथा अनुदान लक्ष्यको ४.०१ प्रतिशत अर्थात २ अर्ब १४ करोड ४३ लाख लिएको छ । सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ पाउने लक्ष्य राखेको छ ।






प्रतिक्रिया दिनुहोस्