Skip to content

बैंकले कमाए १३ अर्ब १४ करोड, नाफा गत वर्षभन्दा १८.७७ प्रतिशतले घट्यो

nabil bank
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा वाणिज्य बैंकले करिब सवा १३ अर्ब रुपैयाँ बराबर खुद नाफा कमाउन सफल भएका छन् । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा १८.७७ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब १८ करोड ८७ लाख रुपैयाँबराबर रहेको वाणिज्य बैंकको नाफा घटेर १३ अर्ब १४ करोड ९६ लाखमा सीमित भएको हो। पछिल्लो केही वर्ष यता अर्थतन्त्रमा देखिएको समस्या लगायतका केही घट्नाहरुको कारण बैंकहरुको नाफामा गिरावट आएको बैंकरहरु बताउँछन् । आर्थिक मन्दीसँगै गत भदौमा भएको जेनजी आन्दोलनको कारण व्यवसाय क्षेत्रमा समस्या थपिएको छ ।
जेनजी आन्दोलनपछि आएको अन्तरिम सरकारले लिएका केही निर्णयका कारण केही व्यवसाय  अझै पनि ठप्प छन् । जसको कारण बैंकको ऋणको सावा तथा व्याज असुलीमा समस्या आउँदा  बैंकको नाफा घटेको हो ।
देशमा भएका विभिन्न घट्नाको कारण बैंकको ऋण असुलीमा कठिनाइ भइरहेको छ। जसको कारण खराब कर्जा बढ्दो अवस्थामा छ । खराब कर्जा व्यवस्थापन गर्न बैंकले प्रोभिजन गर्नुपर्ने रकम पनि बढेको छ । यसको असर नाफामा देखिएको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा सबैभन्दा धेरै नाफा घट्ने बैंक कृषि विकास बैंक रहेको छ । यस बैंकको नाम ९७ प्रतिशत घटेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशतले घटेको छ ।
यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकको नाफा २९५.७० प्रतिशत बढेको छ । पहिलो त्रैमासमा ५ वटा वाणिज्य बैंकको नाफा बढेको छ । बाँकी १५ बैंकको नाफा घटेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime