Skip to content

विकास बैंकको नाफा ४५.२० प्रतिशत घट्यो, कुन बैंकको कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा राष्ट्रिय स्तरका ७ विकास बैंकले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्रिय स्तरको विकास बैंकको नाफा एक वर्षको अवधिमा ४५.२० प्रतिशत घटेको छ। गत आर्थिक वर्षमा यी ८ विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिसम्म आउँदा सञ्चालनमा रहेको ८ वटा विकास बैंकमध्ये लुम्बिनी विकास बैंक नोक्सानीमा रहेको छ । यस विकास बैंक चालु आवको पहिलो त्रैमाससम्म आउँदा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षमा यो बैंकले २० करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकसँगै विकास बैंकको नाफामा पनि गिरावट आएको हो । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये ३ विकास बैंकको नाफा घटेको छ। बाँकी ४ बैंकको नाफा सामान्य बढेको छ ।

बैंकको नाफा घट्नुको मुख्य कारणहरू पछिल्लो समय ऋण लगानीमा कमी आउनु, ऋण असुलीमा समस्या र अर्थतन्त्रको सुस्तता हो । जसको कारण पछिल्लो केही समय यता निजी क्षेत्रको लगानी घट्दो अवस्थामा देखिएको छ। कर्जा असुलीमा समस्या आउँदा बैंकको खराब कर्जा बढ्दो छ । खराब कर्जा व्यवस्थापनको लागि बैंकहरुले प्रोभिजन बढाउँदा पनि बैंकको नाफामा असर परेको देखिन्छ ।

विगत केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घट्दो क्रममा रहे पनि ठुला उद्योग तथा व्यवसायीहरूले नयाँ ऋण लिन खोजिरहेका छैनन् । यस्तै, तरलता सुधारका लागि राखिएको उच्च नगद सञ्चित अनुपात (सिआरआर) र पुँजी पर्याप्तता मापदण्ड (क्यापिटल एडुकेसि रेसियो) का कारण पनि बैंकहरुले जोखिमयुक्त लगानी गर्न सकेका छैनन् । जसको दबाबमा बैंकको नाफा परेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा गरिमा विकास बैंक, कामना सेवा विकास बैंक महालक्ष्मी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढेको छ । मुक्तिनाथ विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको नाफा घटेको छ।

विकास बैंकको नाफा प्रतिशतमा अन्यथा भएकोले सच्याइएको छ–सं

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime