Skip to content

नाफामा बढोत्तरी गरेको महालक्ष्मी विकास बैंकको खुद ब्याज आम्दानी ५० करोड ८९ लाख

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा महालक्ष्मी विकास बैंकको नाफा ३.४२ प्रतिशतले बढेको छ । गत आवको असोज मसान्तमा ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको छ भने इम्पेरिमेन्ट चार्ज घटेको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५० करोड ८९ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४८ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन नाफा १८ करोड ८ लाख ४३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ करोड ५७ लाख १३ हजार रुपैयाँ रहेको थियो । बैंकको इम्पेरिमेन्ट चार्ज १६ करोड ३६ लाख २ हजार रुपैयाँबाट घटेर १५ करोड ७८ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

गत आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.९० प्रतिशत रहेको थियो । अहिले ५.५० प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.०८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५.४३ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime