Skip to content

मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध सञ्चालकको तलब भत्ता सवा ७३ लाख , सञ्चालकले कति बुझे ?

nabil bank

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षमा प्रबन्ध सञ्चालकलाई ७३ लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले गत आवमा प्रबन्ध सञ्चालक भरतराज ढकाललाई उक्त रकम तलब भत्ता बापत भुक्तानी गरेको हो ।

यस्तै नायब महाप्रबन्धक रामशरण तिमल्सिनालाई ३३ लाख ५९ हजार ६४८ रुपैयाँ र बरिष्ठ प्रबन्धक दिपाञ्जली खकुरेललाई १६ लाख ९२ हजार ७२० रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले गत आवको सञ्चालकलाई बैठक भत्ता बापत ४ लाख ६४ हजार १०० रुपैयाँ भुक्तानी गरेको छ ।

अध्यक्षको भत्ता १० हजार रहेको छ भने सञ्चालकको भत्ता ८ हजार रहेको छ । अध्यक्ष सिताराम काफ्लेले १ लाख १० हजार ५ सय, तुलसी राम ढकालले ९५ हजार २००, गोविन्द बहादुर राउतले ९५ हजार २००, सुगरिका केसीले ८१ हजार ६०० र सरद चन्द्र श्रेष्ठले ८१ हजार ६०० रुपैयाँ भत्ता बुझेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime