Skip to content

एनआईसी एसिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

nabil bank

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

बैंकले चालु आवको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा नाफा बढाएको छ । यो अवधिमा बैंकको नाफा १०.५३ प्रतिशतले बढेर १२ करोड २१  लाख ६० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ५ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी केही घटेको छ भने सञ्चालन नाफा बढेको छ । बैकको खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड २५ लाख रुपैयाँबाट घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा १७ करोड ३८ लाख ६५ हजार रुपैयाँबाट बढेर १९ करोड ३५ लाख २२ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २० अर्ब ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ छ । बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब २२ करोड १८ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट घटेर १.७४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.२१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.७४ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime