Skip to content

एनएमबि बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा नाफा २० प्रतिशत घट्यो, अन्य सूचक कस्ता छन् ?   

nabil bank
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबी बैंकको खुद नाफा घटेको छ । यस बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको यस्तो नाफा १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यसैगरी, खुद फि तथा कमिसन आम्दानी १४.३७ प्रतिशत बढेर ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६२ करोड ६१ लाख रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको थियो ।
चालु आवको पहिलो त्रैमाससम्म बैंकले ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । बैंकको यस्तो आम्दानी गत आवको तुलनामा  २३.४७ प्रतिशत बढेको हो । गत आवमा यस बैंकले यस्तो आम्दानी २ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ गरेको थियो ।
यस अवधिसम्म आउँदा बैंकको सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेर १ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ कायम भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।  सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको  छ ।  यस बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi