काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०४ प्रतिशतले कम हो । गत आवको सोही अवधिको बैंकको नाफा ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँबाट घटेर ४३ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको छ । वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड ४८ लाख रुपैयाँ छ । ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ५.४६ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्