Skip to content

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं भने– बालेनविरुद्ध लड्न म तपाईंहरुलाई सहयोग गर्छु (तस्बिरहरू)

nabil bank

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन् ।

त्यहाँ भेला भएका मानिसलाई सम्बोधन गर्दै उनले मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान गरे । सुकुम्बासीलाई लछारपछार गर्नेको श्रीमती, घर परिवारलाई पनि त्यस्तै गर्ने चेतावनी उनले दिए ।

बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप उनले लगाएका छन् । दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए।

सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।

                                                               तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime