काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ ।
आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले यो पटक बोनस नभएर नगद मात्रै दिने प्रस्ताव गरेको छ ।
कम्पनीले कर सहित १५.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्रद बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्