काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ । बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितिमा भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कात्तिक २२ गते शनिबार काठमाडौंमा सञ्चालन भएको हो ।
कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले प्रोभियन्स क्लब हासिल गरेका अभिकर्ताहरुलाई बधाई दिँदै यो एउटा सफलता सिँढी मात्र हो भनेर जानकारी गराएका थिए ।
कार्यक्रममा फलदायी बनाउन योगेन्द्रप्रसाद खतिवडाज्यूले र रोजेश बस्नेतले बीमा बिक्रीकलासम्बन्धी प्रशिक्षण प्रदानसमेत गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्