काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले ‘वर्ल्डलिंक सिक्सजी’ प्याकेज घोषणा गरेको छ ।
कम्पनीले आज यो प्याकेज सार्वजनिक गरेको हो । नयाँ प्याकेजले उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको नयाँ अनुभव दिने जनाएको छ ।
भविष्यको इन्टरनेटको रूपमा ल्याईएको ‘वर्ल्डलिंक सिक्सजी’ हाल प्रचलनमा रहेको वाईफाई फाइभ प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज गर्ने कम्पनीको दाबी छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको दाबी गरे ।







प्रतिक्रिया दिनुहोस्