काठमाडौं । जेनजी आन्दोलन, बैैंकले प्रवाह गरेको कर्जाको साँवा, ब्याज समयमा नै नउठ्दा धमाधम खराब कर्जा बढ्दै गएको छ ।
बैंकबाट प्रवाह भएको कर्जाको साँवा ब्याज समेत समयमा नै उठ्न छोडेको समयमा भदौ २३ र २४ गते जेनजीको नाममा भएको आन्दोलनले बैंकको कर्जा असुलि निकै प्रभावित भएको छ । जसले गर्दा पनि बैंकको निष्कृय कर्जा बढेको बैंकरहरुको भनाइ छ । जेनजी आन्दोलनका कारण प्रवाह भएका कर्जा असुलीमा सुस्त हुनुका साथै नयाँ कर्जा समेत प्रवाह हुन छोडेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा औषतमा ०.८२ प्रतिशत बिन्दुले बढेको छ । गत आवको पहिलो त्रैमासमा बैंकहरुको निष्कृय कर्जा औषतमा ४.०३ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ४.८५ प्रतिशत रहेको छ । यो अवधिमा बैंकहरुको निष्कृय कर्जा ०.८२ प्रतिशत रहेको छ । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार २० वाणिज्य बैंकमध्ये १५ वटाको निष्कृय कर्जा बढेको छ भने ५ वटा बैंकको निष्कृय कर्जा घटेको छ ।
यस्तै ९ वटा बैंकको निष्कृय कर्जा ५ प्रतिशत भन्दा बढी रहेको छ । सबैभन्दा बढी निष्कृय कर्जा हिमालयन बैंकको ७.३९ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा कम निष्कृय कर्जा एभरेष्ट बैंकको ०.७४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा हिमालयन बैंकको निष्कृय कर्जा ४.९८ प्रतिशत रहेको थियो । यस्तै एभरेष्ट बैंको ०.७७ प्रतिशत रहेको थियो ।
एनआईसी एशिया बैंकको निष्कृय कर्जा ६.९९ प्रतिशत, कुमारी बैंकको ६.९८ प्रतिशत, सिटिजन्स बैंकको ६.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशत, प्राइम बैंकको ५.८६ प्रतिशत, प्रभु बैंकको ५.७८ प्रतिशत, नेपाल बैंकको ५.४९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशत रहेको छ ।
यस्तै ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, एनएमबि बैंकको ४.५८ प्रतिशत, नबिल बैंकको ४.३१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.१३ प्रतिशत, सानिमा बैंकको ३.९१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.८३ प्रतिशत, सिद्धार्थ बैंकको ३.८ प्रतिशत, नेपाल एसबिआई बैंकको ३.०१ प्रतिशत रहेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको १.७१ प्रतिशत र एभरेष्ट बैंकको ०.७४ प्रतिशत रहेको छ ।







प्रतिक्रिया दिनुहोस्