काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ ।
नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको जनाएको छ । यसका म्याजिक कब डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ ।
नामी भिगोमा रहेको ९९ किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ । दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: ४४.९४ किलोवाट आवर (डब्लुएलटिपी रेन्ज ३०० किलोमिटर) र ५१.८७ किलोवाट आवर डब्लुएलटिपी रेन्ज ३५० रहेको छ ।
यसले १६७ किलोवार्ट सपोर्ट गर्दछ । जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ । जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ। गाडिको भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन् ।
सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ । नामी भिगो ई२ को मूल्य ३८ लाख ९९ हजार निर्धारण गरिएको छ भने ई२ प्लस भेरियन्ट ४१ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध छ ।
विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो ई२ ३७ लाख ९९ हजार र ई२ प्लस ४० लाख ९९ हजारमा प्राप्त गर्न सकिन्छ ।






प्रतिक्रिया दिनुहोस्