Skip to content

मुद्दती निक्षेपमा ३ अर्ब ७० करोड राख्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ ।

जसअनुसार २ अर्ब ९६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ५५ करोड ५० लाख रुपैयाँ विकास बैंकमा र १८ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २६ गते (बुधबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।

जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा–निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने लगायत छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime