काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको २ हजार ९०० रुपैयाँ बढेको हो । आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पनि तोलामा ५० रुपैयाँ बढेको छ ।
आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्