Skip to content

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

nabil bank
प्रधानमन्त्री ओली – सम्बोधन काठमाडौँ, ८ चैतः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नेकपा (एमाले)को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठक बोलाएको छ । मुलुकमा विकिसत पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितीका बारेमा छलफल गर्न एमालेले निवर्तमान साँसदहरुको बैठक बोलाएको हो ।

विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने तयारी गरिएको छ । बर्तौलाका अनुसार एमालेले अघि बढाएको संसद पुनस्र्थापनाको मुद्धालाई अन्य दलहरुलाई पनि सहमत गराउन पार्टी अध्यक्षले विशेष निर्देशन दिनेछन् ।

एमालेले फागुन २१ गते निर्वाचन हुन नसक्ने ठहर गर्दै संसद पुनास्र्थापनाको मागलाई जाडदार रुपमा उठाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime