Skip to content

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

nabil bank

काठमाडौं । मधेश प्रदेशमा भएको सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । आज रक्कीप्रसाद साह र सुजित यादवले अदालतमा रिट दायर गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा उल्लेख छ ।

रिटमा मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime