काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकको सम्पत्ति १२.३५ प्रतिशतले बढेर ८० खर्ब ८ अर्ब २२ करोड ४ लाख ८० हजार रुपैयाँ पुगेको छ । बैंकको सम्पत्ति गत आवको पहिलो त्रैमासमा ७१ खर्ब २७ अर्ब ६९ करोड ३२ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार २ वटा बैंकको सम्पत्ति खुम्चिएको छ भने बाँकी बैंकको बढेको छ । सम्पत्तिको हिसाबले सबैभन्दा धनी बैंक ग्लोबल आइएमई रहेको बैंकको सम्पत्ति १६.३२ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब ६२ करोड ८५ लाख ५१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ६ खर्ब २७ अर्ब २५ करोड १६ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
यस्तै दोस्रो स्थानमा नबिल बैंक रहेको छ । नबिल बैंकको सम्पत्ति १५.६३ प्रतिशतले बढेर ६ खर्ब ७५ अर्ब ५२ करोड ३५ लाख २९ हजार रुपैयाँ रहेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति २१.२१ प्रतिशतले बढेर ६ खर्ब १० अर्ब ६५ करोड १ लाख ६८ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.२९ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ७५ करोड ८५ लाख ९३ हजार, लक्ष्मी सनराइज बैंकको १०.६५ प्रतिशतले बढेर ४ खर्ब ५१ अर्ब ७२ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
यस्तै प्रभु बैंकको सम्पत्ति १३.४७ प्रतिशतले बढेर ४ खर्ब १९ अर्ब २५ करोड ३३ लाख ५९ हजार, नेपाल बैंकको १७.१० प्रतिशतले बढेर ४ खर्ब ३ अर्ब ३४ करोड २ लाख ३८ हजार, एनआईसी एशिया बैंकको ०.६२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ७१ करोड ५५ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार कृषि विकास बैंकको सम्पत्ति १४.४२ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब ३० करोड ७४ लाख ७४ हजार, एभरेष्ट बैंकको ३०.२० प्रतिशतले बढेर ३ खर्ब ७६ अर्ब ३२ करोड ७६ लाख ९९ हजार, एनएमबी बैंकको १२.५४ प्रतिशतले बढेर ३ खर्ब ६० अर्ब २२ करोड ८ लाख ५० हजार, सिद्धार्थ बैंकको १०.१२ प्रतिशतले बढेर ३ खर्ब ३१ अर्ब ९२ करोड ५७ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
यस्तै प्राइम बैंकको सम्पत्ति १४.६० प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब ६२ करोड ९५ लाख ६० हजार, सानिमा बैंकको १२.७५ प्रतिशतले बढेर २ खर्ब ६६ अर्ब ५२ करोड १० लाख ३५ हजार, नेपाल एसबिआई बैंकको १५.०५ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब ६४ लाख ७४ हजार, सिटिजिन्स बैंकको ९.४३ प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब ३४ करोड ८५ लाख ६८ हजार, माछापुच्छ्रे बैंकको २ खर्ब २६ अर्ब ५९ करोड १६ लाख ९९ हजार र स्टयान्डर्ड चार्टर्ड बैंकको सम्पत्ति १३.३२ प्रतिशतले बढेर १ खर्ब ६१ अर्ब ७० करोड ६१ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार कुमारी बैंकको सम्पत्ति ०.४२ प्रतिशतले घटेर ४ खर्ब ४२ अर्ब ३७ करोड १ लाख ३७ हजार, हिमालयन बैंकको २.०५ प्रतिशतले घटेर ३ खर्ब ८४ अर्ब ६७ करोड ४५ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
बैंकको सम्पत्तिमा बैंकमा रहेको नगद, विभिन्न सामान, नेपाल राष्ट्र बैंकमा रहेको नगद मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, डेरिभेटिभ उपकरण, अन्य व्यापारिक सम्पत्ति, चालू कर सम्पत्ति, सहायक कम्पनीमा गरेको लगानी, सम्बद्ध कम्पनीमा गरेको लगानी, लगानी तथा सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति लगायत पर्छन ।







प्रतिक्रिया दिनुहोस्