Skip to content

एमालेका पूर्वसांसद भट्टचन रिहा

nabil bank

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन हाजिर जमानीमा रिहा भएका छन् ।

आर्थिक अपचलनमा मुछिएका प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनलाई कात्तिक ११ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) सोधपुछका लागि पक्राउ गरेको थियो । भट्टचन मंगलबार दैनिक हाजिर जमानीमा रिहा भएका हुन् ।

सीआईबीका अनुसार भट्टचनको स्वास्थ्यमा समस्या देखिएपछि उनको वकिलले हाजिरी जमानीमा रिहा हुन अपिल गरेका थिए । सोही अनुसार मंगलबार हाजिरी जमानीमा रिहा भएका हुन् ।

भट्टचनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा सीआईबीले पक्राउ गरिएको थियो ।

भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले यसअघि नै जाहेरी दिएकी थिइन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime