Skip to content

सुनको भाउ २१०० रुपैयाँ घट्यो, चाँदी बढ्यो

nabil bank

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime