Skip to content

होटल ह्यात रिजेन्सीले १३३ श्रमिक कटौती गर्ने 

nabil bank
काठमाडौं ।  पाँचतारे होटल ह्यात रिजेन्सीले श्रमिक कटौतीको घोषणा गरेको छ । होटलले  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो ।
होटलको निर्णय मंसिर २२ गतेबाट लागू हुने बताइएको छ । यस होटलले मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको जानकारी दिएको छ । जसको लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने र यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरूलाई काममा लगाउन होटलले नसक्ने भएको कारण कर्मचारी कटौती गरेको जानकारी दिएको छ  ।
भदौ २३ र २४ गते आन्दोलनका क्रममा आपराधिक समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उक्त घटनामा एक विदेशी पाहुनाले आगलागीबाट ज्यान जोगाउने क्रममा चौथो तलाबाट हाम फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो ।
आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचना पूर्ण रूपमा नोक्सानमा परेको छ र अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातिमा समेत नकारात्मक असर परेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime