Skip to content

सबैभन्दा बढी बक्यौता भएको जगदम्बा स्टिलले बुझायो डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल, जोडियो लाइन

nabil bank

काठमाडौ । जगदम्बा स्टिलले डेडिकेटेड फिडर तथा ट्रंक लाइन बक्यौता बापतको पहिलो किस्ता तिरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जगदम्बा स्टिलले आज पहिलो किस्ता बापत ५ करोड ७२ लाख ८६ हजार रुपैयाँ बक्यौता बुझाएको बताए ।

जगदम्बा स्टिलको १ अर्ब ६० करोड १८ लाख ४३ हजार १२५ रुपैयाँ बक्यौता थियो ।

जगदम्बा स्टिलले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले कात्तिक ४ गते विद्युत लाइन काटेको थियो ।

पहिलो किस्ता तिरे लगत्तै प्राधिकरणले उद्योगमा लाइन जडान गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime