Skip to content

लागुऔषध खैरो हेरोइन र नगदसहित एक पक्राउ

nabil bank

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हेरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लागुऔषध खैरो हेरोइन ६.७३ ग्राम र नगद ७३ हजारसहित झापा घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामाबगर बस्ने ३३ वर्षीय शङ्कर राजवंशीलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले रातको समयमा हिँडिरहेको अवस्थामा शरीर तथा कोठामा खानतलासीका क्रममा लागुऔषध र नगद फेला परेको जानकारी दिए । पक्राउ राजवंशीसँग प्रहरीले तीन थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंबाट तीन पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi