Skip to content

अल्टिच्युड हेलिकप्टरले एक वर्षमा ५६ करोडको व्यापार गर्यो

nabil bank

काठमाडौं । नेपाल भित्र हेलिकप्टरको सेवा दिँदै आएको अल्टिच्युड एयरले एक वर्ष ५६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१÷०८२ मा ५६ करोड रुपैयाँको व्यापार गरेको हो ।

यस कम्पनीले अघिल्लो आर्थिक वर्षहरु कम्पनीले सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आवमा १८ प्रतिशत खुद नाफा कमाएको छ । जसमा कम्पनीको कुल नगद सञ्चय २० करोड रुपैयाँ पुगेको छ । सन् २०२४ मा १४ करोड ६० लाख रुपैयाँ थियो ।

यसैगरी, यस कम्पनीले कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६३ करोड १ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड ५ लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको अध्यक्ष निमानुरु शेर्पा हुन् । शेर्पासँगै तीन दशकभन्दा बढीको पर्यटन क्षेत्रमा आबद्ध छन् । कम्पनीले हालै मात्रै नयाँ हेलिकप्टर खरिद गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकबाट उक्त हेलिकप्टर सञ्चालनमा ल्याएको हो । सन् २०१५ मा स्थापना भएको कम्पनीले सन् २०१६ को अक्टोबरबाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।

कम्पनीले तीन वटा एच १२५ एयरबस हेलिकप्टरबाट च्याटर फ्लाइट, माउन्टेन फ्लाइट, रेस्क्यू फ्लाइट, मेडेभ्याक फ्लाइट, पिल्ग्रिमृज फ्लाइट, फिल्मिङ फ्लाइट, चेजिङ फ्लाइट आदि सेवा दिँदै आएको छ । यस कम्पनीले एभरेष्ट बेस क्याम्प, लुक्ला, मुक्तिनाथ र पोखरामा सेवा दिँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime