Skip to content

सुनको मूल्य एकै दिन करिब ६ हजार रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा पनि उच्च अंकको वृद्धि 

nabil bank
काठमाडौं । बिहीबार सुनको मूल्य उच्च अंकले बढेको छ । आज सुनको मूल्य एकै दिन तोलाको ५ हजार ९०० रुपैयाँ बढेको  हो । बुधवार नेपाली बजारमा प्रतितोला २ हजार १०० रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १७० रुपैयाँ बढेको छ ।
बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधवारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime