काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा गिरावट आएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नाफा ५४.६१ प्रतिशत घटेर ९ करोड २ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ८८ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको बिक्री आम्दानी घट्दा नाफामा त्यसको प्रभाव परेको छ । कम्पनीको बिक्री आम्दानी २७.६४ प्रतिशतले घटेर १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ४८ करोड ६६ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड ९४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १८.२ रुपैयाँबाट घटेर ११.७५ रुपैयाँ रहेको छ । कम्पनीको नेटवर्थ १३८.४ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्