काठमाडौं । नेपाल स्काउटको जग्गामा पूर्वऊर्जामन्त्री दीपक खड्काले बताएको संरचनामा काठमाडौं महानगर पालिकाले डोजर चलाएको छ ।
महानगरले आज उक्त जग्गामा डोजर चलाएको हो । खड्काको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न सूचना जारी गरेको थियो ।
खड्काको कम्पनीले भोगचलन गरेको र त्यसको बाँकी बक्यौता नतिरेको भन्दै स्काउटले भुक्तानी गर्न ७ दिन समय दिएको थियो । तोकेको समयमा भुक्तानी नगरेको भन्दै आज डोजर चलाइएको हो ।
नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता भएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएनन् ।






प्रतिक्रिया दिनुहोस्