काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ । राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो ।
राष्ट्र बैंकले छपाइ तथा आपूर्तिका लागि मिति २०८२र०४र०९ बोलपत्र आह्वान गरेको थियो । उक्त सम्झौताको मूल्य अमेरिकी डलर करिब एक करोड ४२ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्युनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो । बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका,२०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्