Skip to content

नवलपुरमा वर्षाले १ करोड ८० लाख बराबरको धानमा क्षति

nabil bank
clj/n jiff{n] 9fn]sf] wfgafnL vf]6fª, @@ sflts M oxL sflts–!% ut]b]lv rf/ lbg;Dd k/]sf] clj/n jiff{n] kfs]/ kx]Fnk'/ ePsf] cj:yfdf 9fn]sf] lbQm]n ?kfsf]6 dem'jfu9L gu/kflnsf–# afd|fªl:yt lem;]k'sf s[ifssf] wfgafnL . b]ze/ k/]sf] clj/n jiff{n] lhNnfdf &) k|ltzteGbf a9L wfgafnLdf Iflt u/]sf] s[lif 1fg s]Gb| vf]6fªn] hgfPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

नवलपरासी । धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको धानमा क्षति पुगेको छ ।

कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब १ करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको बताए ।

नवलपुरमा हालैको वर्षाका कारण १९० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान बालीमा क्षति पुगेको कृषि अर्थ विज्ञ ढकालले बताए । त्यसबाट ५२१ मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए ।

नवलपुरमा यो वर्ष करिब १८ हजार ३०० सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताए । अहिले धान भित्र्याउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्र्याएका छन् । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताए ।

धानको उचित मूल्य नपाएको किसानको गुनासो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानखेती गरेका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्य आफूहरुले नपाएको गुनासो गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ कायम गरेको छ । तर किसानहरुले उक्त मूल्य प्राप्त नगरेको गुनासो गरेका छन् ।

कावासोतीका इन्द्रलाल महतोले धानको मूल्य कम पाएको गुनासो गरे । उनले सरकाले भनेकोभन्दा कम मूल्यमा धान बेच्नुपरेको गुनासो गरे । जिल्लाका विभिन्न स्थानबाट किसानहरूले सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपरेको गुनासो आफूहरुलाई गरेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

नवलपुरमा व्यापारीहरूले धान प्रति क्विन्टल २ हजार ८०० देखि ३ हजार १०० रुपैयाँभन्दा बढी मूल्य नदिएको कृषकबाट गुनासो आएको कार्यालय प्रमुख तिवारीले बताए । उनले व्यापारीहरूलाई तोकिएकै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अनुरोध गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime