Skip to content

दैलेखको तारागाढ खोलामा ३ करोड बढीको लागतमा पक्की पुल निर्माण

nabil bank

सुर्खेत । दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा ३ करोड ६२ लाख ७६ हजार रुपैयाँको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा ८ महिना पहिले निर्माण सम्पन्न भएको छ । जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime