Skip to content

बैंकले कागज खेलाउनेलाई कर्जा दिएको छ कि खेती गर्नेलाई ? अब हेर्ने बेला भयोः गभर्नर डा पौडेल

ऋणी चेक बाउन्समा पर्नासाथ अपराधीकरण गर्नु गलत

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रले कागज खेलाउन कर्जा दिएका छन् कि खेती गर्न दिएको छन् ? भन्नेमा कुराको अध्ययन हुनुपर्ने बताएका छन् । बैंकबाट कृषिमा गएको लोन कृषिका लागि गएको छ कि त्यो पैसा विदेश जान खर्च भएको छ हेर्नुपर्ने बताएका हुन् ।

एसएमई लोन राम्रो भयो भने देश बलियो हुने अपेक्षा रहेको उनले बताए । तर, त्यसो हुन नसकेको उल्लेख उनको धारणा छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा गभर्नर पौडेलले लघुवित्त वित्तीय संस्थाबाट लोन दिने म्यानेजरको सोचाई बुझाई केछ रु हेर्नुपर्ने बताए । उनले नेपालमा कालो सूचीको समस्या बढेको धारणा राखे ।

अधिकांश चेक बाउन्समा परेको र चेक बाउन्समा पर्नासाथ अपराधीकरण गर्न नहुने आशय उनले व्यक्त गरे । यस्तो कानुन संशोधन गर्न आवश्यक रहेको उनले बताए । पौडेलले बैंकको शाखा कसरी चलेको छ भनेर हेर्ने बेला भएको बताए । उनले यसको व्यवस्था मौद्रिक नीतिमा रहेको र बैंकको शाखा नाफामा चलोस् भन्ने आफ्नो चाहना रहेको धारणा राखे ।

यो विषयमा नेपाल राष्ट्र बैंकले काम गर्ने गभर्नर पौडेलको भनाइ छ । बैंकहरुको पफर्मेन्स कस्तो छ, त्यसमा, राष्ट्र बैंकले हेरिरहेको उनले बताए । अब राष्ट्र बैंक सेयर ट्रान्स्फर जस्ता रिटेल काम गरेर नबस्ने र यस्ता काम कम्पनी सचिवबाट गर्न मिल्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

अहिले नेपालमा लगानी गर्न चाहने काम भएको उल्लेख गरे । लगानी घट्नुलाई जेनजी आन्दोलन मात्रै हेर्न नहुने उल्लेख गरे। तर उक्त आन्दोलनले अवस्था केही असहज भने भएको उनको दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime