Skip to content

विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँग समन्वयन गर्न फोकल युनिट स्थापना

nabil bank

काठमाडौं । विदेशी लगानीकर्ता र दातृ निकायसँग समन्वय गर्न अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना गरिएको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले यस्तो युनिट स्थापना गरिएको जानकारी दिएका हुन् ।

विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन, विदेशी लगानीकर्ताका लागि गर्नु पर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत एक फोकल युनिट स्थापना गरिएको उनको भनाई छ ।

विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने पाण्डेयले बताएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime