काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा संस्थाले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्