Skip to content

बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ र कर्जा १.५ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ऋण लगानी ?

nabil bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड) ले वृद्धि भई ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब) ले बढेको थियो । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ प्रतिशतले बढेको छ । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत रहेको थियो । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ ।

असोज मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो। कर्जा प्रवाह यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (८२ अर्ब ९३ करोड) ले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत (१ अर्ब २८ अर्ब ६५ करोड) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । यो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.६ प्रतिशत, विकास बैंकहरूको कर्जा प्रवाह ०.५ प्रतिशत र वित्त कम्पनीहरूको १.६ प्रतिशतले बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi