Skip to content

चालु खाता र शोधनान्तर स्थिति बचतमा, प्रत्यक्ष वैदेशिक लगानी घट्यो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ ।

गत आवको सोही अवधिमा यस्तो खाता १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता यो अवधिमा १ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ ।

यो अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो । यो अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको थियो । असोज मसान्तसम्म शोधनान्तर स्थिती २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime