काठमाडौं । नेपाल ट्रष्टका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीं) ले पक्राउ गरेको छ ।
सीआईबीले कार्कीलाई आज पक्राउ गरेको जनाएको छ ।
ट्रस्टको नाममा दर्ता जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा सीआईबीले कार्कीलाई पक्राउ गरेको जनाएको छ । यसअघि कात्तिक २१ गते सीआईबीले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।
दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीच तीन वर्ष निर्माण अवधि सहित ३० वर्षका लागि २०७४ जेठ १४ गते लिजमा दिन करार सम्झौता गरेको थियो । सम्झौतामा अनियमितता भएको पाइएको छ ।






प्रतिक्रिया दिनुहोस्