Skip to content

सामान्य अंक घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन अइतबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५.१५ अंक घटेर २५४०.५७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।

सेयर बजार घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime